Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालसँग पीएनजी ९ विकेटले पराजित, सन्दीपलाई तेस्रोपटक पाँच विकेट

सोमबार, फागुन २९, २०७९

काठमाडौं–आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले पपुवा न्यूगिनी –पीएनजी)लाई ९ विकेटले हराएको छ ।

लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्नेछ । 

पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७ दशमलव ४ ओभरमा १ विकेटको क्षति पूरा गरेर उँदै कीर्तिमानी जित निकालेको हो ।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात गरेका थिए ।

कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु आउट भए भने कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरी १२ रन बनाएर नट आउट रहे । यस्तै, आशिफ शेखले ५३ बनाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भएको थियो । 

पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने ५ विकेट लिए ।  यस्तै, ललित राजवंशी र कुशल मल्लले २÷२ तथा। सोमपाल कामीले १ विकेट लिए ।

सन्दीपलाई तेस्रोपटक पाँच विकेट
 

पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रोपटक पाँच विकेट लिएका छन् । सन्दीपले सोमबार पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले १० ओभरमा एक मेडनसहित २५ रन दिएर पाँच विकेट लिए । 

सन्दीपले यसअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ मै अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदानमै ६ विकेट लिएका थिए । त्यति बेला सन्दीपले ६ ओभरमा एक मेडनसहित १६ रन दिएर ६ विकेट लिएका थिए । उक्त खेलमा अमेरिका ३५ रनमा अलआउट भएको थियो ।

यस्तै, सन्दीपले पीएनजीविरुद्ध नै ओमानमा सम्पन्न दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि ६ विकेट लिएका थिए । सन्दीपले उक्त खेलमा ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए । उक्त खेलमा नेपाल १५१ रनले विजयी भएको थियो ।

नेपालबाट करण केसीले पनि तीनपटक पाँच विकेट लिएका छन् । करणले ओमानविरुद्ध दुईपटक र नामिबियाविरुद्ध एकपटक पाँच विकेट लिएका थिए ।


 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्