नेभिगेशन
समाज विविध

छोरीको घरमा सरिन् निवर्तमान राष्ट्रपति

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी छोरीको घरमा सरेकी छिन् । 

शीतल निवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी हुन् । 

बूढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्ने बताइएको छ ।

घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन लिइन् ।
 

335439017_927145834980406_5557923759371812811_n1678698424.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध