Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक [भिडियो]

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– नेपाली गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक भएको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाली गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक भएको हो । 

वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले बि.सं. २०२८ सालमा तयार गरेको ‘टिकुली ट्याक’बोलको गीत नयाँ स्वरुपमा तयार पारिएको हो ।

गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । 

रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए । उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गरे । 

‘पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस हो यो मेरो । रिंके फुंको राँगोलाईबाट मैले यो क्षेत्रमा लागेको हो । पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर त्यही अनुसारको माहोल हामीले यो भिडियोमा राखेका छौँ’, कलाकार आचार्यले भने ।

त्यस्तै, कलाकार हरिष निरौला (क्रकोच)ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए ।

त्यस्तै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसँग काम गरेको बताइन् । त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजि रचना गरेको आफ्नो विगतको अनुभव सुनाए । 

म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुत गरिएको छ । 

भिडियो हेरौँ

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्