Nic Ad Nic Ad
Nic Ad Nic Ad

थ्री नेसन्स कप फुटबल चैत ८ गतेदेखि काठमाडौँमा

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– नेपाल, भुटान र लाओस सम्मिलित 'प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल' प्रतियोगिता चैत ८ गतेबाट काठमाडौँमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता ‘सिंगल राउण्ड रोबिन’को आधारमा हुनेछ । जस अन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुनेछ । 

यस्तै, चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । फाइनल खेल चैत १७ गते हुने एन्फाले बताएको छ ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ ।

प्रतियोगितामा एन्फाले साधारण र भिआईपि प्याराफिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्याराफिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको यु–२३ टोली सहित नेपालले बंगलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार