Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्दीपुरमा ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

मंगलबार, फागुन ३०, २०७९

तनहुँ– जिल्लाको बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । 

ठाउँ–ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो । 

उनले भने, ‘यस वर्ष पर्यटन शाखामार्फत रु २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।’

त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्युआर कोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।

त्यस्तै, पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि रु आठ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्