नागरिक अगुवा र बुद्धिजीवीसँग छलफल गर्दै माओवादी पृष्ठभूमिका पार्टीहरू
काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी पृष्ठभूमिका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।
गत २६ गते बसेको माओवादी पृष्ठभूमिका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ०९:११
प्रतिक्रिया दिनुहोस्