माओवादी पृष्ठभूमिका पार्टीहरूले गर्ने भनिएको छलफल कार्यक्रम स्थगित
काठमाडौँ– काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूले नागरिक अगुवा र बुद्धिजीविहरूसँग गर्ने भनिएको छलफल कार्यक्रम स्थगित भएको छ ।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी पृष्ठभूमिका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने कार्यक्रम राखिएकोमा सो स्थगित भएको हो ।
कार्यक्रम स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको भए पनि कारण भने खुलाएको छैन ।
गत २६ गते बसेको माओवादी पृष्ठभूमिका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकोमा स्थगित भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ११:३३
प्रतिक्रिया दिनुहोस्