नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता– नेपाल एक चीन नीतिमा स्पष्ट छ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम– २०२३ लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपाल एक चीन नीतिमा स्पष्ट छ । नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ,’ उनले भने ।

कार्यक्रममा सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । 

नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरू खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार