Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी अभियान गर्ने

मंगलबार, फागुन ३०, २०७९

बुटवल –राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ ।

बुटवलमा २ दिनसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले १० देखि २० चैतसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको जानकारी दिए ।

केसीका अनुसार अभियानअन्तर्गत सभा र कोणसभा गरिनेछ । जनमोर्चाले संघीयता खारेजको अभियान सञ्चालन गर्दै आएको छ ।

पार्टीको जनाआधार भएका जिल्ला प्यूठान,बाग्लुङ, अर्घाखाँचीसहित रुपन्देही, कैलाली, कन्चनपुरमा ठूला सभा र कार्यक्रम गर्ने निर्णय भएको केसीले जानकारी गराए । संघीयताले देशलाई टाट पल्टाएको निष्कर्ष सहित यसको खारेजीको माग गर्दै विरोधका कार्यक्रम तय भएको पार्टीले जनाएको छ । 

बैठकले १ वैशाख २०८० देखि जेठ महिनाभरी संगठनात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्