नायिका वर्षा सिवाकोटीले गरिन वैवाहिक सम्बन्ध विच्छेद
काठमाडौं– नायिक वर्षा सिवाकोटीले वैवाहिक सम्बन्ध विच्छेद गरेकी छन् ।
यसै वर्ष वैशाख ९ मा अमेरिका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको वैवाहिक सम्बन्ध विच्छेद भएको हो । दुई महिना अगाडि नै काननूनी रुपमा सम्बन्ध विच्छेद गरेकी खुलेको छ ।
विवाहको केही महिनापछि समाजिक संजालहरूमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो ।
काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि सुटुक्क कानूनीरुपमा टुंगिएको हो ।
सम्बन्ध विच्छेदपछि सिवाकोटीले एकअर्कालाई बुझ्न नसकेर असमझदारी भएको बताएकी छिन् ।
गेलालले भने सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् ।
गेलालले बिहे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्