Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन प्रवद्र्धन गर्न ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

मंगलबार, फागुन ३०, २०७९

तनहुँ -तनहुँको बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्न ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । 

ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुंगा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । 

बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा १७ बत्ती जडान गरेको थियो । उनले भने, ‘यस वर्ष पर्यटन शाखामार्फत २० लाख रुपैयाँ विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।’

त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले  क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । यसका लागि ८ लाख रुर्पयाँ विनियोजन गरिएको छ । त्यसैगरी आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुंगा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्