Nic Ad Nic Ad
Nic Ad Nic Ad

रियलमीद्वारा ट्रेड पार्टनरहरूलाई स्कुटर वितरण

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं-स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरूलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरू बिक्री गर्न सफल २१ विक्रेताहरूलाई टिभिएस एनटर्क स्कुटर उपहारको रूपमा प्रदान गरिएको हो । 

२१ मध्ये ७ वटा स्कुटरहरू गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालयमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्