Nic Ad Nic Ad
Nic Ad Nic Ad

टोस्टमास्टर्स नेपालको साइटेसन २०२२ सम्पन्न

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं–टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रूपमा रहेकी थिइन् ।

उनी महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्य सक्रिय छिन् ।

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि १ जनालाई ‘कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकि संस्थापक सृष्टि केसीलाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । 

१६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गरेकी छिन् । उनको संघर्षमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।

उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका क्लबहरू समावेश रहेको डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर रञ्जित आचार्यज्युले भने, ‘यो एक ऐतिहासिक कार्यक्रम रहन गयो र उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका टोस्टमास्टरहरु एकै ठाउँँमा भेला हुने र आफ्नो पर्सनल नेटवर्क विस्तार गर्ने महत्वपूर्ण अवसर पनि थियो । यसले निश्चय नै सबै टोस्टमास्टरहरूलाई एकअर्काको अझ नजिक ल्याउन मद्दत गरेको छ । नेपाल टोस्टमास्टर्सको लागि यो गौरवको विषय हो । टोस्टमास्टर्स इन्टरनेशनलकै सबैभन्दा ठूलो डिस्ट्रिक्टको नेतृत्व गर्न पाउँदा म गौरवान्वित महसुश गर्दछु ।’


 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्