Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं–नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ ।

२६ फागुनदेखि १७ चैतसम्म लागु हुने गरी लागु गरिएको योजनामा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीमा छुट पाउने कम्पनीले जनाएको छ ।

छुट योजना अन्तर्गत आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शोरुम सञ्चालनमा छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्