नेभिगेशन
विश्व

युक्रेनको जिडिपी घट्यो

किभ– युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मङ्गलबार सोबारे उल्लेख गरेको छ । 

आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष युक्रेनको जिडिपी चौथो सत्रमा अपेक्षा गरेभन्दा राम्रो गतिशीलताका कारण ३०.४ प्रतिशतको प्रारम्भिक अनुमानित गिरावट भन्दा राम्रो थियो।  

सार्वजनिक तथ्याङ्कअनुसार युक्रेनको वास्तविक जीडीपी सन् २०२२ को अक्टोबर–डिसेम्बरमा वार्षिक ३१.४ प्रतिशतले घटेको छ ।

यस महिनाको सुरुमा अर्थ मन्त्रालयले यस वर्षको देशको जिडिपी वृद्धि पहिले अनुमान गरिएको ३.२ प्रतिशतबाट १ प्रतिशतमा घटाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन