नेभिगेशन
विश्व

चिनियाँ कम्युनिस्ट पार्टी र विश्व राजनीतिक दलहरूबीच आज छलफल हुँदै

बेइजिङ– चिनियाँ कम्युनिस्ट पार्टी (सिसिसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले जनाए ।

‘आधुनिकीकरणतर्फको बाटो : राजनीतिक दलहरूको दायित्व’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताइएको छ ।

सन् २०१७ मा चीनले बेइजिङमा  यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन