लेजेन्ड्स क्रिकेट लिगमा पारससम्मिलित टोलीको लज्जास्पद हार
काठमाडौँ– लेजेन्ड्स क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्स पराजित भएको छ । कतारमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा लायन्सले इन्डियन महाराजससँग लज्जास्पद हार ब्यहोरेको हो ।
दोहामा भएको खेलमा लायन्स महाराजससँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
लायन्सले दिएको १५९ रनको लक्ष्य महाराजल विनाविकेटको क्षतिमा १२.३ ओभरमै पूरा गर्यो ।
महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित रहँदै अर्धशतक बनाए । उथप्पाले ८८ तथा गम्भीरले ६१ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
लायन्सका लागि ओपनर उपुल थरंगाले सर्वाधिक ६९ रन बनाउँदै अर्धशतकीय पारी खेले ।
महाराजसका लागि सुरेश रैनाले २ तथा स्टुअड्स् बिन्नी, प्रवीन ताम्बे र हरभजन सिंहले समान १÷१ विकेट लिए ।
महाराजविरुद्धको खेलमा पारसले प्लेइङ– ११ मा मौका पाएका थिएनन् ।
लायन्सको यो तेस्रो खेलमा पहिलो हार हो । दुई जित दर्ता गरेको लायन्स ४ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।
पहिलो जित हात पारेको महाराजस ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।