राप्ती शिक्षा क्याम्पसमा स्ववियु कार्यसमिति सर्वसम्मत चयन
दाङ–घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा स्ववियुको कार्यसमिति सर्वसम्मत चयन भएको छ । सर्वसम्मत स्ववियु कार्यसमिति चयन भएको क्याम्पस प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ ।
क्याम्पसमा स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का नवीन केसी चयन भएका छन् । उपसभापतिमा अनेरास्ववियु टीका कालाथोकी, सचिवमा प्रजातान्त्रिकका सरिता पोखेल भण्डारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका गणेशमान डाँगी र सहसचिवमा अखिल (क्रान्तिकारी)का सरिता शेर्पाइली सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा अनेरास्ववियुकी शर्मिला डाँगी, अखिल (क्रान्तिकारी)की मञ्जु घर्तीमगर, अखिल (क्रान्तिकारी)का समीर डाँगी, प्रजातान्त्रिकका यशोदा शर्मा, अखिल छैटौँकी सुनीता आचार्य (पाण्डे) र नेविसंघका शिशिर डाँगी सर्वसम्मत चयन भएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्