Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो हुनेछ उपराष्ट्रपति निर्वाचनको मतपत्र

बुधबार, चैत १, २०७९

काठमाडौ– उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ ।

मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख छ । 

उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र नेतृ प्रमिला कुमारी यादव तथा जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन् ।

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने भन्दै प्रमिला यादवले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । तर, उनले उम्मेदवारी फिर्ता लिने निर्धारित समयभित्र फिर्ता नलिएका कारण उनको नाम र तस्बिर पनि मतपत्रमा राखिएको छ ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन छ । नेपाली कांग्रेसले औपचारिक निर्णय गरेका उपराष्ट्रपतिमा यादवलाई मत दिने निर्णय गरेको छ ।

शाक्यलाई एमालेको मात्रै समर्थन छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्