Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न जिल्लालाई कांग्रेसले दियो निर्देशन

बुधबार, चैत १, २०७९

काठमाडौँ –वैशाख १० गते चितवन क्षेत्र नम्बर २ लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवारीका लागि नाम प्रस्ताव र सिफारिस गर्नका लागि नेपाली काग्रेसले पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उम्म्दवार प्रूताव र सिफारिश गर्न निर्देशन दिएको हो ।

नेपाली काग्रेसले पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको पार्टी प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्