Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाका रिक्त २ क्षेत्रमा १० वैशाखमै उपनिर्वाचन

बुधबार, चैत १, २०७९

काठमाडौं–प्रतिनिधिसभाका रिक्त २ क्षेत्रहरूमा १० वैशाखमै उपनिर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगले प्रतिनितिसभाका रिक्त २ क्षेत्रमा १० वैशाखमा एकै दिन उपनिर्वाचन गर्ने तयारी सुरु गरेको हो ।

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ र तनहुँ क्षेत्र नम्बर १ रिक्त भएको छ ।

आयोगले यसअघि नै चितवन–२मा १० वैशाखमा उपनिर्वाचन गर्ने मिति तोकिसकेको थियो । चितवन –२मा निर्वाचन कार्यक्रम समेत अघि बढिसकेको छ । 

तत्कालीन उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद गुमेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए ।

यस्तै, तनहुँ क्षेत्र नम्बर–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः सांसद पद खारेज हुने कानुनी व्यवस्था छ । पौडेलले सांसद पदबाट राजीनामा समेत दिइसकेका छन् । आयोगले त्यहाँ पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्