जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ ।
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ १ स्थान रिक्त छ । पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम छ ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १५:२२
प्रतिक्रिया दिनुहोस्