Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्नातक तह चिकित्सा शिक्षाको सिट बाँडफाँड

बुधबार, चैत १, २०७९

काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न समूहको सिट बाँडफाँट गरेको छ ।  आयोगले विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँड गरेको हो ।

देशभरका २३९ शिक्षण संस्थाहरूले यस वर्ष स्नातक तहमा ७ हजार ६५९ सिट बाँडफाँट गरिएको छ । जसमा २ हजार २३ जना विदेशी विद्यार्थीका लागि सिट छुट्टाइएको आयोगले जनाएको छ । त्यसमा सबैभन्दा बढी एमबीबीएस अध्ययनका लागि सिट छुट्टाइएको हो । जसमा ५५७ सिट तोकिएको छ । 

त्यस्तै बीएसन नर्सिङका लागि ३४९ सिट, बीएनएसका लागि २९२ सिट, बीपीएचका लागि २३२ सिट, बी फार्मका लागि २२८ सिट, बीडीएसका लागि १७५ सिट विदेशी विद्यार्थीका लागि तोकिएको छ ।  

शुल्क तिरेर ३ हजार २८२ ले स्नातक तह चिकित्सा शिक्षा पढ्न पाउनेछन् । त्यस्तै पूर्ण छात्रवृत्तिमा २ हजार २४९ जनाले पढ्न पाउने छन् । त्यस्तै ५५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार २३५ सिट, ४५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार १४ सिट तोकिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि २३ फागुन २०७९ मा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा सिट निर्धारण गरेको थियो । सोही आधारमा ३० फागुन २०७९ मा बसेको कार्यकारी समितिको बैठकले विदेशी समूह, सशुल्क र छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट बाँडफाँट गरेको हो ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्