Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनिता डंगोल भन्छिन्– हात बाधेर बजार अनुगमनको अधिकार दिइयो

बुधबार, चैत १, २०७९

काठमाडौँ– काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छिन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन् ।

बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानून बनाउनु पर्ने उनको भनाइ छ । काठमाडौं महानगरले आफ्नो काम कतव्र्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखी तिब्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको उनले जानकारी दिइन् ।

स्थानीय तहलाई कार्यान्वयन गर्न कानून नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरु झेल्नुपरेको भन्दै उपमेयर डंगोलले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्रगतिमा अगाडि बढाउनको निम्ति संघ प्रदेश सरकारसँग समन्वय गरिरहेको बताइन् ।

डंगोलले तीनै तहमा सहकार्य समन्वय गरेर सह–अस्थित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कतव्र्यहरु दोहोरो रहेको धारणा राखिन् । दोहोरो काम कतव्र्य हुँदा पनि काम गर्न अफ्ठ्यारो भएको भन्दै डंगोलले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कतव्र्यलाई नीतिगत रुपमा नै सुधार गर्नुपर्ने आजको आवश्यक रहेको धारणा राखिन् ।

उपमेयर डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वास्र्थको कारण विभिन्न समस्या भोगिरहेको पनि खुलासा गरिन् । व्यक्तिगत स्वास्र्थ राख्नेहरुले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको भन्दै उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरुले थाहा पाइसक्ने गरेको जानकारी दिइन् ।

‘अनुगमन गर्न जाने समितिमा बस्ने सदस्य बाहेकलाई भन्दा अन्य अरुलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने हो तर अनुगमन गर्ने स्थानका व्यवसायीहरुलाई थाहा हुन्छ कसरी ?’ उपमेयर डंगोलले प्रश्न गरिन् ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्