Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री र उच्च तहका कमर्चारीको विदेश भ्रमणमा कडाइ

बुधबार, चैत १, २०७९

काठमाडौँ– सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरको हो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताइन् । 

मन्त्रीपरिद् बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको छ । सरकारले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्रिपरिषदका निर्णयहरु 

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने ।

२०७९ चैत ८ देखि १० गतेसम्म न्युयोर्कमा आयोजना हुने उच्च स्तरीय पानी सम्मेलन,२०२३को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति गर्ने ।

कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट ७.१५ प्रतियुनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्युनतम खरिद मूल्य ६५ रुपैयाँ निर्धारण ।

नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरु भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई घरटहराहरु हटाउन स्वीकृत प्रदान गर्ने ।

नारायघाट–मुग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई संरचना हटाउन स्वीकृति प्रदान गर्ने ।

नेपाल सरकार र श्रीलंका सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सम्बन्धी सम्झौतामा हस्ताक्षर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने ।

मिति २०७९ फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने हेल्दी सिटी समिट विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने ।

नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन(करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने ।

बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।

निर्वाचन आयोग, नेपालका सचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण स्वीकृत गर्ने ।

भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालको जापान भ्रमण स्वीकृत गर्ने ।

पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने ।

नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने ।

कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिने ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने ।

नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने ।

तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने ।

रामपुर स्वास्थ चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्ती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एंव अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्