नेभिगेशन
समाज विविध

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन १३ जेठमा हुने

वीरगन्ज –वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन १३ जेठमा हुने भएको छ । ५ चैतमा हुने भनिएको निर्वाचनलाई ८ चैतमा गर्ने भनि पनि पुनः स्थगित भएर साढे २ महिनापछि धकेलिएको हो । 

१३ जेठमा निर्वाचन गर्ने जिल्ला प्रशासन कार्यालयमा बुधवार राजनीतिक दल र क्याम्पस प्रशासनबीच सहमति भएको छ ।  निर्वाचन समितिले २÷२ पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी गरेपछि स्ववियु निर्वाचन प्रभावित भएको हो ।

देशभरका क्याम्पसमा ५ चैतमा हुने निर्वाचन ठाकुरराम क्याम्पसमा ८ चैतमा गर्ने भन्दै निर्वाचन समितिले २९ फागुनमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । तर विद्यार्थी संगठनहरूको विवादका कारण स्ववियु निर्वाचन धकेलिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित