Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता

बुधबार, चैत १, २०७९

काठमाडौं –नेत्रविक्रम चन्द्र ‘विप्लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । काठमाडौंमा बुधबार दुई पार्टीबीच एकता घोषणा भएको हो ।

लामो समयपछि तत्कालीन नेपाल कम्युनिष्ट माओवादी  टुटफूटको संघारपछि २ पार्टीबीच सैद्धान्तिक सहमति भएको हो । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु आफ्नो उद्देश्य रहेको पार्टी एकीकरण कार्यक्रममा नेतारूले बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी र नेकपा कम्युनिष्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको  स्थापना गर्नु,नेपाली जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नुबाहेक हामीसँग कुनै स्वास्थ छैन । हामी हाम्रो लक्ष्य र विचारप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं,’ एकता पछि जारी प्रेस वक्तव्यमा भनिएको छ ।

क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध जनयुद्धकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू एकजुट हुन थालेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्