नेभिगेशन
समाचार

कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले दियो उजुरी

काठमाडौं –नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा आचारसंहिता उल्लंघन गरेको दाबीसहित एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णय निर्वाचन आचारसंहिताको उल्लघंन भएको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ । आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौ । यस बारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेका छौं,’ एमाले सचेतक महेश बर्तौलाले भने ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार