‘ए’ डिभिजन लिग : दोस्रो जितसँगै एपीएफ चौथोमा
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।.
बुधबार ललितपुरस्थीत च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे । खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १९:४७
प्रतिक्रिया दिनुहोस्