‘यो धोकेबाजको राज्य हो’ अब रचना रिमालको स्वर पनि [भिडियोसहित]
काठमाडौं– सुनिल बिसीको ‘यो धोकेबाजको राज्य हो’ गीत महिलाको स्वरमा पनि सार्वजनिक भएको छ ।
यसअघि गायक प्रमोद खरेलको स्वरमा रहेको ‘यो धोकेबाजको राज्य हो’ नामक गीत गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको हो ।
गीतको शब्द, लय निर्माता सुनिलले नै निर्माण गरेका हुन् भने एरेन्ज बिशाल निरौलाले गरेका हुन् ।
गीत सुनिलको आफ्नै युट्युब च्यानल सुनिल बिसीबाट सार्वजनिक भएको छ ।
९ महिना अगाडि गायक प्रमोदको स्वरमा रहेको गीत सुनिलले श्रोताहरूले अत्याधिक मन पराएपछि पुनः महिलाको आवाजमा बजारमा ल्याएको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १०:५२
प्रतिक्रिया दिनुहोस्