नेभिगेशन
समाज विविध

अष्ट्रेलियाबाट फर्केपछि सुशान्तले ल्याए ‘ओई मेरी रामप्यारी’ [भिडियोसहित]

काठमाडौं –अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन् । लामो समयको अष्ट्रेलिया बसाई पछि कार्की गत महिना नेपाल पर्केका हुन् । नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

करिब एक दर्जन सिनेमामा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो रिलिज भएको छ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको हो । सार्वजनिक भएको म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउदको शब्द रचना र एसडी योगीको सङ्गीत रहेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पादन र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

फेवातालमा फसेका ८ जनाको उद्धार