Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपतिको निर्वाचनकै दिन रास्वपाले मतदानबारे निर्णय गर्ने

बिहीबार, चैत २, २०७९

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति पदको निर्वाचनको बारेमा निर्णय गर्न शुक्रबारका लागि बैठक बोलाएको छ ।

रास्वपाले शुक्रबार बिहान साढे ११ बजे पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । शुक्रबार नै उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । शुक्रबार बस्ने बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय गर्ने जनाइएको छ ।

अहिलेसम्म रास्वपाले कसलाई मत दिने भन्ने बारेमा निर्णय गरेको छैन ।

गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्