Nic Ad Nic Ad
Nic Ad Nic Ad

आलोपालो सहमतिअनुसार देउवा र नेपाल प्रधानमन्त्री बन्नुहुन्छ : निधि

बिहीबार, चैत २, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारको नेतृत्व शेर बहादुर देउवाले फेरि गर्ने खुलासा गरेका छन् ।

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने निधिले खुलासा गरे ।

कांग्रेस ललितपुर नगरसमितिले बिहीबार आयोजना गरेको कार्यक्रममा निधिले गठबन्धनका दलबीच क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको दाबी गरे ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नेतृत्व देउवा नेतृत्वको सरकारले गर्ने उनले बताए । अहिलेको १० दलीय गठबन्धनको सरकार पुरै कार्यकाल कायम रहने पनि उनको दाबी छ ।

‘दलहरूबीच भएको सहमति अनुसार गठबन्धनको सरकार ५ वर्षसम्म कायम रहन्छ’, उनले भने । उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने उनको भनाइ छ । निधिले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको बताउँदै त्यससँगै नेपालको राजनीति ‘कोर्ष करेक्सन’मा गएको पनि दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्