नेभिगेशन
समाज विविध

राजमार्ग क्षेत्र भित्रका संरचना हटाउन ७ दिने म्याद

ताप्लेजुङ –ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गको क्षेत्र भित्रका संरचनाहरू हटाउन ७ दिने सूचना घरघरमा टाँस गर्न थालेको छ । नगरपालिकाले मेची राजमार्ग अन्तर्गत फुङलिङ बजारमा सडकको क्षेत्राधिकारभित्र वनाइएका संरचना हटाउन १ चैतबाट जारी भएको ७ दिने म्याद टाँस गरेको हो । 

झापाको केचनादेखि उत्तरी ताप्लेजुङको उपल्लो क्षेत्रसम्म राजमार्ग कायम छ । सडक डिभिजन कार्यालय इलामले २४ पुसमा जारी गरेको पत्रअनुसार मेची राजमार्गको सडक क्षेत्राधिकार भन्नाले सडकको मध्यभागदेखि १५÷१५ मिटर दाँयाबाँया दुबैतिर सडक सीमा हुनेछ । 

सडक डिभिजन कार्यालयको ३५ दिने म्याद सकिएपछि सडक डिभिजन कार्यालयको आग्रह अनुसार फुङलिङ नगरपालिकाले २४ माघमा १५ दिने सूचना जारी गरी सडकको क्षेत्राधिकार भित्रका संरचना हटाइ दिन स्थानीय तहलाई आग्रह गरेको थियो । १५ दिने म्याद समाप्त भएपछि नगरपालिकाले फेरी ७ दिने म्याद जारी गर्दै सम्वन्धित स्थानका घरटहरामै ७ दिने म्याद टाँस गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित