नेभिगेशन
समाज विविध

एमबीबीएस प्रवेश परीक्षामा साढे ४ हजार विद्यार्थी उत्तीर्ण

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहतर्फ एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले प्रकाशन गरेको नतिजाअनुसार ६ हजार ६६९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

आयोगले २४ फागुनमा परीक्षा लिएको थियो । आयोगले एमबीबीएसका लागि १ हजार ८९५ सिट संख्या निर्धारण गरेको छ । जसमा छुटयाएको सिट संख्याभन्दा ४ हजार ७ सय ७४ जनाभन्दा बढि परीक्षार्थी उत्तिर्ण भएका हुन् ।

आयोगले एमबीबीएसका लागि १ हजार ८९५, बीडीएसतर्फ ५६०, बीएनएसमा १ हजार ३१०, बीएएमएसमा ८०, बीपीएचमा ८४० र बी फार्ममा ८१५ सिट तोकेको छ । आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ सिट तोकेको छ ।

यस्तै आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका २ जनाको परीक्षा रद्द गरेको छ ।  

प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रकृया पूरा गरी निवेदन दिनसक्ने आयोगले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता