नेभिगेशन
समाचार

जसपाको समानुपातिक सांसदमा अन्सारी सिफारिस

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

अन्सारी सप्तरी निवासी हुन् ।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ । पार्टीबाट आयोगमा बुझाइएको बन्दसूचीको मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीकै नाम छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार