नेभिगेशन
अटोमोबाइल्स

प्रभु बैंकको पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सुरु

काठमाडौं–प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत प्रभु बैंकको आफ्नै प्वाइन्ट अफ सेल (पीओएस) मेशिनको माध्यमबाट ग्रीन पीन सेट गर्न, पीन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएसमार्फत् विद्यूतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिन सक्ने छन् ।


 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स