गायक सचिन रौनियारको ‘मरिहत्ते’ सार्वजनिक [भिडियो]
काठमाडौँ– गायक सचिन रौनियारको स्वरसँगै अभिनय रहेको गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ।
काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै गीति भिडियो सार्वजनिक गरिएको हो ।
गीति भिडियोमा सन्तोष सुनारको शब्द र संगीत रहेको म्युजिक भिडियोमा गायक रौनियारसँगै अभिनेत्री नीता ढुंगानालाई देख्न सकिन्छ । गायक रौनियारले निर्देशकको सल्लाहअनुसार गीति कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको बताए ।
आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । हरी हुमागाईंले छायांकन गरेको गीतलाई विकास धमलाको सम्पादन गरेका हुन्।
गायक रौनियारले ‘छ भनौं कि छैन भनौं, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे’ लगायत थुप्रै गीत गाएका छन्।
भिडियो हेरौँ