बैतडीमा दुई मिनेटको अन्तरमा दुई भूकम्प
बैतडी– बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् ।
बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो ।
दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ २२:११
प्रतिक्रिया दिनुहोस्