नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, देशका पहाडी भू–भागका केही स्थान तथा तराईका केही क्षेत्रमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित केहीछिन हल्का वर्षाको सम्भावना रहेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता