Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– राजसंस्थाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ ।

आज हुन गइरहेको उपराष्ट्रपति निर्वाचनमा भाग नलिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

यसअघि गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले भाग लिएको थिएन । राप्रपाले आफूलाई राजसंस्था र हिन्दूराष्ट्र पक्षधर तथा संघीयताविरोधी पार्टीको रूपमा आफूलाई उभ्याउँदै आएको छ । 

राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति पदका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिका लागि नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव, जसपाकै प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चारजना उम्मेदवार छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार