नेभिगेशन
समाचार

उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे मतदान

काठमाडौँ– उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेक छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गरेका हुन् । 

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार