Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ ।  मतदान सकिएपछि मतगणना सुरू हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता रहेकाको मा ८२९ जनाले मतदान गरेका छन् । संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ सांसदले मतदानमा भाग लिएका हुन् ।

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । 

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्