नेभिगेशन
अटोमोबाइल्स

निसान गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

काठमाडौं–पायोनियर मोटो कर्प प्रालीले नेपालका लागि आधिकारिक विक्रेताका रूपमा बिक्री गर्दै आएको गाडी खरिद गर्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । निसानका गाडी खरिद गर्ने ग्राहकलाई सहजै कर्जा दिने सम्बन्धमा बैंक र पायोनियरबीच सम्झौता भएको हो  ।

सम्झौतामा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियरका सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो–छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । 

सम्झौताअनुसार एभरेष्ट बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीका लागि सुलभ ऋण सुविधा सजिलै उपलब्ध हुने बैंकको भनाइ छ । विद्युतीय गाडीका लागि बेस रेटमा ३ दशमलव ५ प्रतिशत जोडेर र विद्युतीयबाहेकका गाडीका लागि बेसरेटमा ४ प्रतिशत जोडेर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । कर्जाको अवधि ७ वर्ष र सेवा शुल्क शून्य दशमलव ५ प्रतिशत मात्र हुने जनाइएको छ । निसानको विद्युतीय गाडीको मालिक हुन अब मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्नुपर्ने उल्लेख छ । 

यो कर्जा एभरेष्ट बैंकको देशभर रहेका १२४ वटै शाखाबाट प्राप्त हुने तथा पायोनियर मोटोकर्पका कुनै पनि आधिकारिक डिलरबाट खरिद गर्दा पाइने जनाइएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स