Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यार्थीलाई बिनाब्याज ऋण दिँदै श्रीलंका

शनिबार, चैत ४, २०७९

कोलम्बो– श्रीलंकाले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ ।

श्रीलंकाको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताए ।

विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् । उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलंकामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् ।   
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्