Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

शनिबार, चैत ४, २०७९

नयाँ दिल्ली– दक्षिण भारतीय सहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन् । 

 प्रहरीका अनुसार सहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

‘आगलागीमा दुई पुरुष र चार महिला गरी ६ जनाको मृत्यु भएको छ,’ एक प्रहरी अधिकारीले भनेका छन्।  त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्