Nic Ad Nic Ad
Nic Ad Nic Ad

कप्तानका दाबेदार अल्बा स्पेनको टोलीमा अटाएनन्

शनिबार, चैत ४, २०७९

काठमाडौँ– सन् २०२४ मा जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताको छनोट खेल्ने स्पेन राष्ट्रिय टोलीमा ३३ वर्षीय भेट्रान डिफेन्डर डिफेन्डर जोर्डी अल्बा अटाएनन् ।

स्पेनका नवनियुक्त मुख्य प्रशिक्षक लुइस फुइन्टेले हालै घोषणा गरेको २६ सदस्यीय टोलीमा कप्तानका दाबेदारसमेत रहेका अल्बा नअटाएका हुन् ।

गत वर्षको १६ डिसेम्बरमा नियमित कप्तान सर्जियो बुस्केट्ले सन्यास लिएपछि उपकप्तान रहेका अल्बा कप्तानका स्वतः दाबेदार थिए । 

स्पेनिस फुटबल संघको नियमअनुसार टोलीमा बोलाइएकामध्ये सबैभन्दा बढी खेल खेल्ने खेलाडी स्वतः कप्तान हुन्छन् । यसर्थ, ९१ खेल खेलिसकेका अल्बा टोलीमै अटाएनन् र कप्तान हुनबाट बञ्चित भएका छन् ।

बार्सिलोनाका अल्बा एट्लेटिको म्याड्रिडका कोके कप्तानको दाबेदार थिए । तर, उनलाई पनि टोलीमा नबोलाइएपछि सोही क्लबका अल्भारो मोराटाले छनोट खेलमा कप्तानी गर्ने भएका छन्  ।

स्पेनले मार्च २५ मा नर्वे र २८ मा स्कटल्यान्डविरुद्ध खेल्दैछ । नर्वेविरुद्धको खेल घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्