Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंबाट सुर्खेत उड्न लागेको जहाजमा समस्या देखिएपछि...

शनिबार, चैत ४, २०७९

काठमाडौँ– काठमाडौंँबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

उड्ने बेलामा समस्या देखिएपछि अहिले जहाजलाई त्रिभुवन निमानस्थलमा पार्किङ गरिएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएको हो ।

जहाजमा देखिएको समस्या के हो भन्ने विषय बाहिर आएको छैन ।

सो जहाजमा ६२ जना यात्रु रहेको र उनीहरूलाई अर्को जहाजमार्फत गन्तब्यमा लगिएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्