Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित बढे, ७६६ जना पुगे

शनिबार, चैत ४, २०७९

जोहानेसबर्ग– दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआइसिडी)ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।

‘पूर्वी केपबाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको,’ एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ ।  

सङ्क्रमितहरूमध्ये  ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् ।  सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।  

दादुरा सङ्क्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्ने लगायतका रहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार