Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा जाने नेतृत्वको विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

शनिबार, चैत ४, २०७९

बुटवल–नेपाली कांग्रेसका नेता तथा  पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने विषय टुङ्गो नलागेको बताएका छन् । 

samridhi jewllers

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा केसीले पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताए । 

उनले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने बताए ।

केसीले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरू ल्याउनुपर्ने बताए । अहिले मुख्य लडाई भनेको गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्